२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

नेपाल इन्भेस्टमेन्ट बैंकले भन्योः सिइओको राजीनामाबारे फैलिएका समाचार भ्रामक र आधारहीन

२८ वैशाख, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको राजीनामाबारे केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। बैंकले एक प्रेस विज्ञप्ती जारी गर्दै ती समाचारहरू भ्रामक, निराधार र तथ्यविहीन रहेको स्पष्ट पारेको छ।

बैंकका अनुसार सिइओ पाण्डे हाल पनि नियमित रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै बैंकको व्यवस्थापन तथा सञ्चालनमा सक्रिय रूपमा संलग्न रहनुभएको छ ।

साथै, बैंकले कुनै पनि समाचार प्रकाशन वा प्रसारण गर्नुअघि आधिकारिक स्रोतबाट जानकारी पुष्टि गर्न सञ्चारमाध्यम तथा सम्बन्धित पक्षहरूलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : 18:42