२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

चितवन समाजद्धारा नयाँ बर्ष २०८३को क्यालेन्डर बिमोचन

एडिलेड । चितवन समाज साउथ अष्ट्रेलियाको आयोजनामा नयाँ बर्ष २०८३ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

एडिलेडको स्थानिय एल्डर्स एशोशियसनको सभा हलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बहुसांस्कृतिक आयोग साउथ अष्ट्रेलियाको सदस्य मञ्जु खड्काले नेपालीहरु परम्परा र पर्वहरुलाई प्रवासमा समेत निरन्तरता दिएकोमा समाजलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाले यस्ता सामुदायिक कार्यक्रमहरुले नेपाली समुदायमा एकताको भाव बढ्ने बताउनु भयो ।

कार्यक्रममा विशेष अतिथि एनआरएनए साउथ अष्ट्रेलियाका सचिव युवराज पहाडी, फेन्का साउथ अष्ट्रेलिया संयोजक पुष्कर कोईराला, चितवन समाजका सल्लाहकार नविन कडेलले  नयाँ बर्षको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष कौशल उप्रेतीले प्रवासमा नेपाली पम्परालाई निरन्तरता दिदै नयाँ पुस्तालाई चाडवाडहरु संग साक्षात्कार गराउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो 

प्रमुख अतिथि खड्का, विशेष अतिथि पहाडी र समाज अध्यक्ष उप्रेतीले संयुक्त रुपमा बिक्रम संवत २०८३ को भित्ते पात्रो बिमोचन गर्नु भएको थियो ।

नेपाली खाना सहित आयोजित कार्यक्रमको स्वागत  मन्तव्य समाजका प्रतीक्षा पोखरेलले राख्नु भएको थियो । भने संचालन श्रीजा कडेलले गर्नुभएको थियो । अन्त्यमा भजन कीर्तन समेत गरिएको कार्यक्रममा नेपालबाट अष्ट्रेलिया भ्रमणमा आएका अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 18:17