१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२८ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ४०० रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य निरन्तर दोस्रो दिन घटेको हो ।

यस दिन चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३४० रुपैयाँ खरिदबिक्री भइरहेको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : May 11, 2026 at 10:53 am