श्रीमानको हस्ताक्षर किर्ते गरेर ५० लाख ठगी, श्रीमतीसहित दुई जना पक्राउ
२७ वैशाख, काठमाडौं । श्रीमानको हस्ताक्षर किर्ते गरेर ५० लाख रुपैयाँ ठगी गरेको कसुरमा प्रहरीले पीडित व्यक्तिका श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा ढुंगेपाटनका ५२ वर्षीय मोहनबहादुर शाहीकी श्रमिती ४४ वर्षीया वन्ती शाही र सुर्खेतको बुद्धचोक घर भएका ४४ वर्षीय भद्र थापा छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले मोहन बहादुर शाहीको नाममा रहेको पोखरा महानगरपालिका–३० को कित्ता नम्बर २४४४ र २४४७ नम्बरको जग्गा मोहनको हस्ताक्षर कीर्ते गरी सिद्धार्थ बैंकमा राखी ५० लाख कर्जा लिएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध ठगी र आपराधिक विश्वासघातको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
प्रकाशित मिति : 14:51









