२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

काठमाडौँको मनमैँजुमा स्पामा जुवा अड्डा, एमाले नुवाकोटका नेतासहित १७ पक्राउ

२६ वैशाख, काठमाडौँ । काठमाडौँको मनमैँजुमा स्पामा जुवाको अड्डा भेटिएको छ । तारकेश्वर नगरपालिकाको वडा नम्बर १० मा रहेको लोकतान्त्रिक चोक नजिकै छन्त्याल संघ अगाडिको घरमा प्रहरीले छापा मारेर १७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेकपा एमालेका नेता समेत रहनुभएको नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष श्यामकृष्ण चालिसेसहित रहुनभएको छ । प्रहरीले सबैको विवरण सार्वजनिक गरेको छैन । यद्यपी जुवा खालमा भेटिनुभएको जनप्रतिनिधिको बारेमा भने पुष्टि गरेको छ । चालिसे यसअघि पनि जुवा खालबाट पक्राउ पर्नुभएको थियो ।

dainiki.com

अहिले उहाँहरूलाई प्रहरी हिरासतमा राखिएको छ । आइतबार पनि सार्वजनिक विदा भएकाले सोमबार म्याद थप गरी थप अनुसन्धान गरेर मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । जुवा खेलाउने घरबेटी समेत नुवाकोटकै रहेको बुझिएको छ ।

घटनास्थलमा पुगेका एक प्रहरीका अनुसार उनीहरू त्यहाँ दुई सय रूपैयाँ पोइन्टमा म्यारिच खेलिरहेका थिए । प्रहरीले करिब चार लाख रूपैयाँ नगद समेत बरामद गरेको छ । प्रहरीले शनिबार दिउँदै स्पामा छापा हानेको थियो ।

प्रकाशित मिति : 22:05