शनिवार चितवन समाजले भित्ते पात्रो विमोचन गर्दै
एडिलेड । चितवन समाज साउथ अस्ट्रेलियाले नयाँ वर्ष २०८३ को सन्दर्भ पारेर ९ मे शनिवार एडिलेडमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम आयोजना गर्ने भएको छ।
स्थानिय एक्टिभ एल्डल्स एशोसियसनको हल,यस्कट पार्कमा साँझ ३:३० कार्यक्रम शुरु हुने भएको छ । नेपाली अधिकारिक सम्बत विक्रम संम्वत २०८३ को नयाँ बर्षको आगमनको सन्दर्भ पारेर समुदाय विच शुभकामना आदान प्रादान गरेर भाईचारा बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष कौशल उप्रेतीले बताउनु भयो ।
उहाले भित्ते पात्रो प्रकाशन चितवन समाजको एउटा वार्षिक कार्यक्रम बताउदै नयाँ बर्षमा सबैलाई जोड्दै यहा हुर्कदै गरेको नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परा बारेमा साक्षात्कार गराउने प्रयास रहेको बताउनु भयो ।
उहाले नयाँ बर्षकोशुरुमा नै बिमोचन गर्न खोजिए पनि नेपालबाट पात्रो ल्याउने क्रममा भएको प्राविधिक समस्याले वैशाख २६ मा गर्न लागिएको बताउनु भयो ।
अध्यक्ष उप्रेतीले नेपाली चाड पर्व हेर्न सजिलो हुने गरि पात्रो तयार पारिएको बताउनु भयो । उहाले कार्यक्रम स्थलमा नि शुल्क वितरण गरिने पात्रोले बर्ष भरिका पर्व अनुसार योजना बनाउन सक्ने बताउनु भयो । नेपालबाट आउनु भएका अभिभावकहरुलाई विशेष महत्व राख्ने तिथि उल्लेख गरिएको र विवाह देखी भातखुवाई सम्मका शुभ दिन उल्लेख हुने बताउदै साउथ अष्ट्रेलियाका नेपाली समुदायलाई निकै उपयोगी हुने विश्वास लिएको अध्यक्ष उप्रेतीले बताउनु भयो ।
प्रकाशित मिति : 15:24









