७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

एशियाका ३० वर्षमुनीका ३० प्रभावशाली उद्यमीमा नेपालकी केसी र अमात्य समावेश


१३ चैत, काठमाडौँ । फोर्ब्स म्यागजिनले प्रकाशित गरेको एशियाका ३० वर्ष मुनिका ३० उद्यमीमा नेपालका पनि दुई जना महिला उद्यमी समावेश भएका छन ।

फोब्र्सले एशियाली युवा उद्यमीहरुलाई समेटेर प्रकाशित गरेको सूचीमा नेपालका पालका आयुषी केसी र कञ्चन अमात्य परेका छन । उनीहरु दुबै सामाजिक उद्यमशीलता विधामा समेटिएका छन ।

फोर्ब्स समेटिकी अमात्य ‘दिगो माछा खेति अभियान’ नामक संस्थाकी अभियन्ता तथा उद्यमी हुन् भने केसी फोहोर व्यवस्थापनमा क्रियाशील ‘खालीसीसी डट कम’ की संस्थापक हुन् ।

दुवै महिलाले आउँदो जुलाईमा हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर पाउनेछन् ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार १९:५५