जागिरकाे खाेजीमा हुनुहुन्छ ? एभरेष्ट बैंकले माग्यो कर्मचारी
२२ वैशाख, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयका लागि दुई पदमा ११४ जना कर्मचारी मागेको हो ।
बैंकले कस्टमर सर्भिस एसोसिएट्स पदमा ९९ जनाको माग गरिएको छ। यस पदका लागि न्यूनतम शैक्षिक योग्यता प्लस टु उत्तीर्ण हुनुपर्नेछ। उमेर हद वैशाख मसान्त २०८३ सम्म २८ वर्ष ननाघेको हुनुपर्नेछ भने महिला उम्मेदवारलाई अधिकतम उमेरमा ५ वर्षको छुट दिइनेछ।
यसैगरी म्यानेजमेन्ट ट्रेनी पदमा १५ जनाको माग गरिएको छ। यस पदका लागि व्यवसाय प्रशासन, वित्त, कम्प्युटर एप्लिकेसन, मानव संसाधन वा समकक्ष विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। इच्छुक उम्मेदवारले २०८३ जेठ ५ गते भित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति : May 5, 2026 at 11:49 am









