२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

काठमाडौंबाट ठगी तथा आपराधिक विश्वासघात मुद्दामा सर्वेश जोशी पक्राउ

२२ वैशाख, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

सीआईबीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार काठमाडौँ महानगरपालिका–२ घर भएका ४५ वर्षीय सर्वेश जोशीलाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

विज्ञप्तिमा उल्लेख भएअनुसार दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमतिपत्र लिएको “स्मार्ट टेलिकम प्रा.लि.” ले समयमै नवीकरण नगरेपछि सो कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएको थियो। त्यसपछि कम्पनीसँग सम्बन्धित सम्पत्ति तथा पूर्वाधार सरकारको स्वामित्वमा ल्याउने प्रक्रियामा अनियमितता र विश्वासघात भएको आशंकामा अनुसन्धान अघि बढाइएको जनाइएको छ।

उक्त घटनामा संलग्न भएको आरोपमा जोशीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रकाशित मिति : 10:02