२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

राससको प्रधानसम्पादकमा उत्तम सिल्वाल, निमित्त महाप्रबन्धकको पनि सम्भावना

२१ वैशाख, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)को प्रधानसम्पादकमा उत्तम सिल्वाल पुनः नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमल्सिनाको निर्देशनमा राससले प्रधानसम्पादकमा पुनः सिल्वाललाई नियुक्त गरेको हो । वैशाख १७ गते बिहीबार सिल्वालले प्रधानसम्पादकको पत्र प्राप्त गर्नुभएको बुझिएको छ ।

तत्कालीन कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिल्वालको प्रधानसम्पादक पद खोसेर गत चैत्र ५ गते प्रशासन प्रमुख शीतल महतोलाई सिद्धान्त र अभ्यासविपरित दोहोरो जिम्मेवारी सुम्पिनुभएको थियो । उक्त जिम्मेवारी प्रदान गर्नेक्रममा महाप्रबन्धक सन्दीप राईले समेत आँखा चिम्मेलर सहमति जनाउनुभएको थियो । अध्यक्ष झा र महाप्रबन्धक राईको उक्त गलत निर्णय सञ्चारमन्त्री तिमल्सिनाको निर्देशनसँगै अध्यक्ष उदयबहादुर रानामगरले सच्याउनु भएको हो । अध्यक्ष रानामगरले झाको गतल निर्णय सच्याउने क्रममा महाप्रबन्धक राई पुनः राम्रो कामको पनि साक्षी बन्नुभएको छ ।

तस्बिरमा ढाकाटोपी र टाइमा चश्मासहित सिल्वाल र रातो घेरामा शितल । दुबै तस्बिर उहाँहरूको फेसबुकबाट साभार ।

राससमा सेवाग्राही शाखा प्रमुख रहनुभएको राजाराम कार्कीलाई तत्कालीन अध्यक्ष झाले नै भिडियो शाखाको पनि प्रमुखको जिम्मेवारी दिनुभएको थियो । कार्कीको जिम्मेवारीका सम्बन्धमा भने अहिलेसम्म कुनै निर्णय नभएको बुझिएको छ ।दोहोरो जिम्मेवारी दिने लगायत आफ्ना अभिष्ठहरू पूरा गर्नुभएको तत्कालीन अध्यक्ष झाको राजीनामा सञ्चारमन्त्री तिमल्सिनाले मागेपछि भने नैतिकताको आधारमा नयाँ सरकारलाई काम गर्न सहज होस भनेर पद त्याग गरेको प्रचार गर्नुभएको थियो । राससमा निकट भविष्यमै व्यापक जिम्मेवारी हेरफेरको तयारी समेत गरिएको स्रोतले जनाएको छ । मन्त्री तिमल्सिनाले राससको प्रभावकारिताका लागि समाचारको शैली नै परिवर्तनका लागि समेत तयारी थालेको बुझिएको छ ।

कांग्रेसको मुखपत्र जस्तो बनेपछि सञ्चारमन्त्रालयको ध्यानाकर्षण 

रासस कांग्रेसको मुखपत्र जस्तो भएको भनेर सञ्चार मान्त्रालयमा गुनासो र उजुरी पुगेपछि मन्त्रीको ध्यानाकर्षण भएको थियो । सरकारका सकारात्मक गतिबिधिमा ध्यान नदिए पनि राससमा कांग्रेसको अन्तरकलहको समाचार एक घण्टामै चारवटा समेत प्रकाशित भएको थियो । सरकारका मन्त्रीका गतिबिधिको समाचार नै नबन्ने तथा बनेपनि निकै ढिलो गरी प्रकाशन हुने राससमा तर कांग्रेस लगायतका दलका केन्द्रीय सदस्यका समेत फोटोसहितको समाचार भने दुर्घटनाको समाचारको शैलीमा द्रुत गतिमा प्रकाशित हुनेगरेको विषय सञ्चारमन्त्रालयसम्म पुगेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

सहसचिव उदयबहादुर रानामगरलाई रासस अध्यक्षको जिम्मेवारी

प्रशासन प्रमुख शितल महतोलाई नै प्रधानसम्पादक बनाएर राससबाट विदा भए धर्मेन्द्र झा

बीस दिनको बीचमा अन्तर्वार्ता र विशेष लेख बेचेर राससले रामचन्द्रबारे दिन खोजेको सन्देश…

जसरी राससमा षड्यन्त्र भयो त्यसैगरी पत्रकार महासंघ कुनै दलको एजेन्डामा फस्यो

राससका कर्मचारी डिभी परेर अमेरिका उडे, न बिदा न राजिनामा व्यवस्थापन बेखबर !

राससका संवाददाता लेख्छन, ‘सरकार, तेरो दुई तिहाईलाई अब जुत्ताले हानेर खेद्नु मात्र बाँकी छ’

निमित्त महाप्रबन्धकमा पनि सिल्वालकै सम्भावना 

सरकारले विशेष अध्यादेश ल्याएर पूर्ववर्ती सरकारहरूले नियुक्ति दिएका करिब १५ सय जनाको जागिर एकै पटक खोसेसँगै रासस पनि मंगलबारबाट महाप्रबन्धकबिहीन हुँदैछ । त्यसपछि वरिष्ठतम् कर्मचारीको हैसियतले निमित्त महाप्रबन्धकको जिम्मेवारी समेत सिल्वालले नै पाउने सम्भावना रहेको छ । विगतमा करिब पाँच वर्ष प्रशासन प्रमुख भएर काम गर्नुभएको सिल्वालको व्यवस्थापकीय क्षमता पनि राम्रै रहेको चर्चा राससमा हुने गरेको छ ।

प्रकाशित मिति : 18:20