२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

एनआईसी एशिया बैंकले बोलायो साधारण सभा, हकप्रद सेयर निष्कासन मुख्य प्रस्ताव

२१ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । वैशाख २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी जेठ १८ गते काठमाडौंको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे २८ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सो सभामा २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै, सभामा गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले आगामी जेठ ६ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको खर्थ जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै सो सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : 15:07