७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

२१ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन तोलामा ३०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँ खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : May 4, 2026 at 10:59 am