सूर्यलाई नरेन्द्रको जवाफः तपाई जस्ता रोगीको उपचार यही पार्टीका कार्यकर्ताले गर्नेछन्
२१ वैशाख, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टी पुनर्जागरणको अभियान चलाउने युवाहरू माथि खुँडा मार्फत क्रान्ति गर्नुपर्ने आशयको टिप्पणी गरेपछि युवाहरूले प्रतिवाद गर्न सुरू गरेका छन ।
एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीका सचिव नरेन्द्र न्यौपानेले थापाको टिप्पणी सेयर गर्दै सुधारमा लाग्न चेतावनी दिनुभएको छ । उहाँले पार्टीका कार्यकर्तालाई जनावर ठान्ने र खोँडा हान्छु भन्नेको उपचार पार्टीका कार्यकर्ताले गर्ने दाबी समेत गर्नुभएको छ ।

न्याैपानेले फेसबुकमा भन्नुभएको छ, ‘कमरेड Surya Thapa तपाईलाई प्युठानी जनताले किन पत्याएनन् र तपाईको कमजोरी के हो ? पत्ता लगाएर सुध्रिन लाग्नुस! पार्टीका कार्यकर्तालाई जनावर ठान्ने र खोँडा हान्छु भन्ने तपाई जस्ता रोगीको उपचार यही पार्टीका कार्यकर्ताले गर्नेछन् नि फेरी याद राख्नुस्।’
केपी ओलीलाई प्रहार गर्नेहरूले नवमीको राँगोलेजस्तै ‘खुँडा’को मार खेप्नु अनिवार्य छः सूर्य थापा
न्यौपाने पार्टी महासचिव शंकर पोखरेल निकटको नेता हुनुहुन्छ भने थापा पार्टी अध्यक्ष केपी शर्मा ओली निकटको हुनुहुन्छ । एमालेमा पछिल्लो समय ओलीलाई एमालेको नेतृत्वबाट विदा दिनुपर्नेमा ओलीबाहेकका सबै पादधिकारी एकमत देखिनुभएको छ । कतिपयले ओलीलाई सम्मानजनक तरिकाले विदा दिनुपर्ने बताइरहेका छन भने कतिपयले गलहत्याउनुपर्ने बताइरहेका छन । शीर्ष नेतृत्वको बहस र गतिबिधि पार्टीका तल्ला कमिटीका नेताहरूको बीचमा पनि पुगेको छ ।

प्रकाशित मिति : 09:50









