केपी ओलीलाई प्रहार गर्नेहरूले नवमीको राँगोलेजस्तै ‘खुँडा’को मार खेप्नु अनिवार्य छः सूर्य थापा
२१ वैशाख, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले केपी ओली बिरोधीहरूले नवमीको राँगोलेजस्तै ‘खुँडा’को मार खेप्नु अनिवार्य रहेको दाबी गर्नुभएको छ । फेसबुकमा टिप्पणी लेख्दै उहाँले ओली बिरोधीहरूले दुःख पाउनुपर्ने उल्लेख गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘Fake Narrative मा केपी शर्मा ओलीलाई साझा दुश्मन करार गर्दै प्रहार गर्नेहरूले एकएकगरी नवमीको राँगोलेजस्तै ‘खुँडा’को मार खेप्नु अनिवार्य छ, कसैले कठै भन्नेछैन !’

परिस्थितिजन्य राष्ट्रवादका पिता मानिएका केपी शर्मा ओलीको अहिले चौर्तफी आलोचना र निन्दा हुने गरेको छ । पार्टीभित्र नै ओली निषेधको अभियान चलिरहेको छ भने युवा अभियानको नाममा ओलीलाई एमालेबाट गलहत्याउन शनिबारबाट फरक कार्यक्रम सुरू भएको छ । थापाले ओलीको प्रतिरक्षाको नाममा शनिबारबाट कार्यक्रम सुरू गर्नेहरू लक्षित गरेर आइतबार यस्तो कडा टिप्पणी सार्वजनिक गरेको अनुमान गरिएको छ ।
ओली भने स्वास्थ्यमा संक्रमणको नाममा पार्टीको भेला, बैठक र छलफल सबै रोकेर नेताहरूलाई नै निषेध गरेर गुण्डुमा बस्नुभएको छ । आफू हिरासतमा बस्दा नेताहरूले आन्दोलनका नाममा सडकमा शक्ति प्रदर्शन गर्न नसकेपछि ओली निराश बनेको उहाँ निकटकाहरूको दाबी छ ।
प्रकाशित मिति : May 4, 2026 at 8:15 am


