१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

युवा संघका साथीहरूको आपत्तिपछि गीत युट्युबबाट हटाएको हुँः गायक पशुपति शर्मा

५ फागुन, काठमाडौँ । विगत २४ घण्टामा सबैभन्दा बढी बोलिएको, सुनिएको र हेरिएको नाम हो पशुपति शर्मा । यो बीचमा धेरैको हाइहाइ र धेरैको आलोचानाको पात्र पनि बने शर्मा । शर्माले आफूले गाएको गीत आलोचना भएलगत्तै युट्युबबाट हटाएर एउटा विज्ञप्ति मार्फत आफ्नो धारणा पनि राखे  । तर सरकारको विरोधका निम्ति के पाउँ र उफ्रौँ भनेर बसिरहेको समूहका निम्ति पशुपति शर्माको गीतको विषय मसला बन्यो ।

उनीहरूले पशुपतिको सिर्जना चोरेर धेरैले प्रोपोगाण्डा नै गरेर अफ्नो युट्युब च्यानल र फेसबुकमा राखेर प्रचार गरे । जसका कारण शर्माले आफ्नो गीतबाट गर्ने आम्दानी समेत गुम्यो । यही परिवेशमा आइतबार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले एउटा निर्णय गर्दै शर्मालाइ उक्त गीत पुन राख्न अनुरोध गर्यो । शर्मा स्वयं प्रतिष्ठानको उपाध्यक्ष समेत छन ।

शर्माले किन डिलिट गरेछन त गीतको भिडियो भनेर हामीले जिज्ञाशा राख्ना उनले युवा संघका नेताहरूले आपत्ति जनाएपछि गीत हटाएको बताए । उनले भने ‘साथीहरूले गीतका केही शब्दलाई लिएर आपत्ति जनाएपछि हटाएको हुँ। सरकारमा रहेको दलकै भातृ संगठन भएकाले आम दर्शकलाई त्यस्तो लागेको होला।’ शर्माले त्यसपछि सबैको मन खुशी बनाएर गीत निकाल्न सकिन्छ कि भनेर हटाएको बताए । साथै उनले गीतले दिन खोजेको सन्देश छरपस्ट भैसकेकाले पुनः त्यही गीत अपलोड गर्ने कि नगर्ने भन्ने बारेमा आफूले निर्णय नलिएको बताएका छन ।

प्रकाशित मिति : February 17, 2019 at 7:37 pm