१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

वैदेशिक रोजगारीको नाममा ३ करोड बढी ठगी, ७ जना पक्राउ

१८ वैशाख, काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जापान, कोरिया र अमेरिकालगायत देशमा आकर्षक तलबको रोजगारी मिलाइदिने भन्दै ४५ जनाबाट रु तीन करोड १४ लाख ठगी गरेको आरोपमा उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्री रहेका छन्।

लिम्बू र मगरले जापान पठाइदिने भन्दै ११ जनाबाट रु एक करोड दुई लाख ठगी गरेको थिए। त्यस्तै, थापाले कोरिया पठाइदिन्छु भन्दै २६ जनाबाट रु एक करोड ५० लाख ठगी गरेको पाइएको छ।

साथै, शेर्पाले फ्रान्स पठाउने प्रलोभनमा पाँच जनाबाट रु २८ लाख र गौतमले एक जनाबाट रु २७ लाख असुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : May 1, 2026 at 3:01 pm