१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

१८ वैशाख, काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ हजार ४ सय सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम थियो ।

यो दिन चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १३५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : 11:12