१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१७ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ८०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बुधबार सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनहरुमा सुनको मूल्य निरन्तर रुपमा घट्ने क्रम जारी छ।

यस दिन चाँदी तोलामा १०५ रुपैयाँले घट्दै प्रतितोला चार हजार ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ९१५ रुपैयाँ खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : April 30, 2026 at 11:09 am