१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

१३६१.७६ प्रतिशतले बढ्यो कुमारी बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?

१५ वैशाख, काठमाडौं । कुमारी बैंकले चालु आवको चैत मसान्तसम्म ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १३६१.७६ प्रतिशतले बढेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा २८ करोड ५८ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.८० प्रतिशतले बढेर ९ अर्ब ३० करोड २२ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।

बैंकको सञ्चालन आम्दानी २२.०८ प्रतिशतले बढेर १२ अर्ब ८१ करोड ३० लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा ८५ करोड ८३ लाख रुपैयाँबाट ६५७.८० प्रतिशतले बढेर ६ अर्ब ५० करोड ४९ लाख रुपैयाँ छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ ऋणात्मक छ ।

बैंकको खराब कर्जा ६.९८ प्रतिशतबाट घटेर ६.९४ प्रतिशत रहेको छ । २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

बैंकले ३ खर्ब ८१ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ७३ अर्ब २१ करोड २५ लाख रुपैयाँ ग्राहकमा कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २१.२४ रुपैयाँ पुगेको छ प्रतिसेयर नेटवर्थ १५८.५३ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : 10:42