बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?
१३ वैशाख, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने एक तोला सुनको भाउ २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम थियो ।
यसैगरी आज चाँदी पनि बढेको छ । चाँदीको भाउ आज ५० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९९५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : 10:51









