चोरीमा संलग्न नुवाकोटका विज्ञान काठमाडौंबाट पक्राउ
११ वैशाख, काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने नुवाकोट बिदुर नगरपालिका-४ घर भएका २३ वर्षीय बिकेश शाही भन्ने विज्ञान परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित कोठाबाट गत पुस २७ गते सुनका विभिन्न गरगहना, मोबाइल र नगद १ लाख ६२ हजार रूपैयाँ चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय बौद्धबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : 12:45









