९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

कार्की सरकारले उन्मुक्ति दिएको ‘फेक रेस्क्यु’का मास्टरमाइन्ड राजेन्द्र बहादुर सिंहविरूद्ध बालेन सरकरको मुद्दा

९ वैशख, काठमाडौँ ।  सुशीला कार्की नेतृत्वको सरकारले जोगाएको ‘फेक रेस्क्यु’का मास्टरमाइन्ड राजेन्द्रबहादुर सिंहविरुद्ध बालेन सरकारले मुद्दा चलाएको छ । सेटिङ मुद्दा नचलाउने निर्णय गर्ने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरी शर्मा काफ्लेलाई कारबाही स्वरूप महान्यायाधीवक्ताको कार्यालयमा तानेर सरकारले सिहंविरूद्ध मुद्दा चलाएको हो ।

सिंहविरुद्ध पनि मुद्दा दर्ता गरिएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता मोहन खनालले पुष्टि गर्नुभयो । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले सिंहमाथि थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाउन जिल्ला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले सरकारी वकिल कार्यालयलाई निर्देशन दिएपछि मुद्दा अघि बढेको हो ।

विदेशी पर्यटकको उद्धार (रेस्क्यु) का नाममा बीमा रकम दाबी गर्दै ठगी तथा तथ्यांक हेरफेर गरिएको गम्भीर आरोपसहित हेलिकप्टर कम्पनी, अस्पताल र केही व्यक्तिहरूबीचको मिलेमतो सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएको थियो ।

सिंहको संलग्नतामा रेस्क्यु उडानसम्बन्धी वास्तविक तथ्य लुकाउने र अनुसन्धान प्रभावित पार्ने उद्देश्यले विभिन्न कदम चालेको अभियोग छ । त्यसैगरी, स्वाकन इन्टरनेशनल अस्पताल प्रालिका सञ्चालक श्याम सुन्दर केडेलसँग भएको संवादमा अनुसन्धानबाट बच्न प्रमाण नष्ट गर्ने, उडान डेटा फेरबदल गर्ने र “रेस्क्यु” शब्द नै प्रयोग नगर्ने सहमति भएको अडियो विवरणसमेत भेटिएको बताइएको छ।

प्रकाशित मिति : 17:26