सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
९ वैशाख, काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । यस दिन सुन प्रतितोला रु ८०० र चाँदी रु ३० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख पाँच सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १३० कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार १६० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५५ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : 11:00









