गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
८ वैशाख, काठमाडौँ . बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील सहकारीका अध्यक्ष बलराम पाठकविरुद्ध अदालतले सात दिनको म्याद थप गर्दै अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ ।
ललितपुरको इमाडोलबाट पक्राउ परेका पाठकविरुद्ध थप अनुसन्धानका लागि आज काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गतिशील सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोपमा हाम्रो टोलीले अध्यक्ष पाठकलाई नियन्त्रणमा लिएको हो । आज अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाएका छौँ ।”
प्रकाशित मिति : April 21, 2026 at 6:05 pm









