गतिशील सहकारीका अध्यक्ष बलराम पाठक ललितपुरबाट पक्राउ
८ वैशाख, काठमाडौं । ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।
उनकाअनुसार अहिलेसम्म गतिशील सहकारीको चार करोड रुपैयाँ भन्दा बढी रकमको ठगेको आरोप छ। यो विषयमा परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति : April 21, 2026 at 3:29 pm









