सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
७ वैशाख, काठमाडौं। सुनको मूल्य आज घटेको छ । सोमबार सुनको मूल्य १३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ३५ रुपैयाँले घट्दै प्रतितोला ५ हजार १९० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : 11:07









