१०६ रुपैयाँमै सिटिजन्स बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
७ वैशाख, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि एक जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १४ लाख ४४ हजार ८४।९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।
प्रकाशित मिति : 09:58









