३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

प्रभु बैंकको २ लाख ४४ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

६ वैशाख, काठमाडौं । प्रभु बैंक लिमिटेडले तीन जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ४४ हजार १२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

 बैंकले संस्थापक सेयरधनी किरण देवी अग्रवालको नाममा रहेको ११ हजार ८७ कित्ता, विनोद थकालीको नाममा रहेको २ लाख कित्ता र दुर्गा बहादुर श्रेष्ठको नाममा रहेको ३३ हजार ३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिने सूचना जारी गरि उक्त सेयर बिक्रीमा राखेको थियो । तर संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेका कारण सो सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।

उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरीदका लागि निवेदन दिनु पर्नेछ।

प्रकाशित मिति : April 19, 2026 at 1:43 pm