सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
४ वैशाख, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा बिक्री भएको थियो ।
प्रकाशित मिति : 11:03









