६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

आजदेखि एनआईसी एशिया बैंकका यी शाखा कार्यालय समायोजन

३ वैशाख, काठमाडाैं। एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयहरू समायोजन (मर्ज) गर्ने निर्णय गरेको छ। बैंकले सूचना जारी गर्दै २०८३ वैशाख ३ गतेदेखि लागू हुने गरी देशका विभिन्न स्थानमा रहेका केही शाखाहरू एकआपसमा गाभी सेवा सञ्चालन गरिने जनाएको हो।

बैंकका अनुसार समायोजनपछि तोकिएका शाखा कार्यालयबाट नै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराइनेछ। यस कदमबाट सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र ग्राहकमैत्री बनाउने लक्ष्य लिइएको बैंकले जनाएको छ।

काठमाडौँ उपत्यकाभित्रका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, बागबजार, बालुवाटार, कपन, कलंकी, सोह्रखुट्टे लगायतका शाखाहरू विभिन्न नजिकका शाखासँग गाभिने सूचनामा उल्लेख छ। त्यस्तै ललितपुर, चितवन, कास्की, मोरङ र पर्सा जिल्लाका केही शाखाहरू पनि समायोजन हुने भएका छन् ।

समायोजनपछि काठमाडौँमा कमलादी, बालाजु, न्यूरोड विशालबजार, कोटेश्वर, लाजिम्पाट, नयाँ बानेश्वर, कलंकी, सामाखुसी, त्रिपुरेश्वर, बत्तीसपुतली लगायतका शाखाबाट सेवा सञ्चालन हुने बैंकले जनाएको छ। अन्य जिल्लाहरूमा पनि सम्बन्धित प्रमुख शाखाबाट सेवा दिइने व्यवस्था मिलाइएको बैंकले जनाएकाे छ । बैंकले यस प्रक्रियाबाट ग्राहकहरूमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै दीर्घकालीन रूपमा सेवा गुणस्तर सुधार हुने विश्वास व्यक्त गरेको छ।  

प्रकाशित मिति : April 16, 2026 at 10:25 am