२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

बैंकिङ प्रणालीबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक

२५ चैत, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २५ खर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ५६ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यो निक्षेप संकलन उपकरणको आउँदो जेठ २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित मिति : 11:34