राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
२४ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त हुनुभएकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो ।
अर्थ मन्त्रालयले गरेको प्रस्तावमा उहाँलाई डेपुटी गभर्नर नियुक्त गरिएको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले बताउनुभयो ।
प्रकाशित मिति : 13:43









