२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

नयाँ बर्ष अप्रिल १४ मा बनभोज गर्दै एडिलेड नेपाली समाज

एडिलेड । एडिलेड नेपाली समाजको आयोजनामा  बैशाख १ तदनुसार अप्रिल १४ मा नयाँ बर्षको शुभकामना आदान प्रदान तथा अभिभावक वनभोज हुने भएको छ ।

स्थानिय अकल्याण्ड पार्कमा  दिनको १ वजेबाट साझ ६ बजे सम्म वनभोज हुने समाजका अध्यक्ष श्याम दहालले बताउनु भयो ।

एडिलेड नेपाली विद्यालय समेतको सहकार्यमा हुन लागेको बनभोजमा अभिभावक तथा वालवालिकाहरुका लागि विभिन्न खेलहरु समेत खेलाईने भएको छ |

समाजले २०१७ देखि अष्ट्रेलिया भ्रमणमा रहुनु भएका अभिभावकहरुका लागि वनभोज गर्दै आएको छ । अध्यक्ष दहालले यहा रहनु भएका नेपाली समुदायले वनभोज मार्फत एक आपसमा शुभकामना गर्ने र संगै नेपालबाट आउनु भएका अभिभावकहरुलाई परदेशमा भेटघाट चिनापरिचत गर्ने अवसर मात्र नभएर आफ्ना भावना साटासाट गर्ने अवसर पनि भएको बताउनु भयो । उहाले नेपालमा हुदा छरछिमेक गाउ टोलमा दिन विताएका अभिभावकहरु प्रवासको परिवेशले आफ्नो परिवार केहि नजिकका परिवार सम्म मात्र सिमित हुनु पर्ने अवस्थामा   ठुलो संख्यामा आफ्नै उमेर समुहका दौतरीहरु संग भेला भएर संगै नेपाली विद्यालयका साना साना बालबालिकाहरु संग नेपालको गाउ टोलको झल्को दिने कार्यक्रम हुने बताउनु भयो । उहाले नेपाली गित संगितमा नाच गान सहित विभिन्न मनोरञ्जनात्मक खेलहरु मार्फत अभिभावकहरुलाई अष्ट्रेलिया बसाईको उत्कृष्टहरु मध्येको एक संझना गर्न लायक कार्यक्रम हुने विश्वास व्यक्त गर्नुभयो 

समाजले कार्यक्रममा  १००० भन्दा बढि नेपाली समुदायको  उपस्थिति हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार ०६:३३