शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप
२२ चैत, काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप गरिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ परेका अग्रवालविरुद्ध जिल्ला अदालत काठमाडौंले ५ दिन म्याद थप गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ । अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।
प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १७:२७













