२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

शंकर ग्रुपका अध्यक्ष अग्रवाल छुटे

२२ चैत, काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले हिरासतबाट छाडेको छ विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले अग्रवाललाई छाडिएको पुष्टि गर्नुभयो ।

‘बयानको काम सकिएपछि उहाँलाई छाडेका हौं’ ठाकुरले भन्नुभयो । केही दिनअघि मात्र अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानकै सिलसिलामा नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १७:१२