सेयर बजार अस्वभाविक घटेपछि आन्दाेलनमा लगानीकर्ता
२२ चैत, काठमाडौँ । सेयर बजार अस्वभाविक घटेपछि लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । लगातारको गिरावटले आत्तिएका लगानीकर्ता आइतबार सिंहदरबार पुगेका छन् ।
नयाँ सरकार गठन भएयता नै निरन्तर दबाब देखिँदै आएको बजारमा आज एकैदिन १०५ अंकको भारी गिरावट आएपछि लगानीकर्ताहरू डराएका छन् ।
बजारमा भएको तीव्र गिरावटले अर्बौं रुपैयाँ बराबरको लगानी जोखिममा परेपछि लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताको टिम त्यसको समाधान खोज्न सरकारसँग प्रत्यक्ष संवाद गर्न सिंहदरबारको दक्षिणी गेटमा पुगेका थिए । तर, सिंहदरबार क्षेत्र निषेधित क्षेत्र भएको भन्दै प्रहरीले उनीहरूलाई प्रवेश गर्न दिएन ।
प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १६:३८













