२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

हिमालयन रिइन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२२ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से १०५.५० अंकले घटेर २६७६.६८को विन्दुमा कायम भएको हो ।

यस दिन ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन ७ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २६१ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५८ करोड २८ लाख ४८ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ४५ करोड २५ लाख ९६ हजा,ङादी ग्रुप पावरको ४२ करोड ६ लाख ५ हजार रुपैँया, नेशनल हाइड्रोपावर कम्पनीको ३६ करोड ७६ लाख ३६ हजार रुपैयाँ, एनआएन इन्फ्रास्ट्रक्चरको ४९ करोड ४९ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १५:३५