२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

१०५ अंक घट्यो सेयर बजार, १२ अर्ब ३८ करोडको कारोबार

२२ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से १०५.५० अंकले घटेर २६७६.६८को विन्दुमा कायम भएको हो ।

यस दिन ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ ।  यस दिन ७ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २६१ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेकाे छ । हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५८ करोड २८ लाख ४८ हजार रुपैँया बराबरको कारोबार भएको छ ।

यस दिन ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज रिलायन्स मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेस्ट, सुपर खुदी र सूर्यकुण्ड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १५:२१