२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

७ कम्पनीको सेयरमा नकरात्मक सर्किट, कुनको मूल्य कति घट्यो ?

२२ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से १०५.५० अंकले घटेर २६७६.६८को विन्दुमा कायम भएको हो ।

यस दिन ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ ।  यस दिन ७ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २६१ कम्पनीको सेयर मूल्य घटेको छ । नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक,पियोर इनर्जी र सान्भी इनर्जीको सेयरमा यस दिन नकरात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १५:१३