२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

अबदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म

२२ चैत, काठमाडौँ । अब सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा लागू हुनेछ । ‘शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ,’ पोखरेलले भने । त्यस्तै, सरकारले  २३ चैतबाट लागू हुनेगरी शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १४:४५