३ पूर्वसभामुख सम्झिँदै अर्थमन्त्री वाग्लेले भनेः डिपी अर्यालले संसद्मा नयाँ मानक स्थापित गर्नेछन्
२२ चैत, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले तीन जना पूर्वसभामुखहरूलाई सम्झिनुभएकाे छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख पदमा पार्टीका सांसद डिपी अर्याललाई समर्थन गर्ने क्रममा उहाँले तीन पूर्व सभामुखलाई सम्झिनुभएकाे हाे ।
कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवास नेम्वाङको नाम लिँदै उहाँले सभामुखमा रुपमा डिपी अर्यालले पनि संसद्मा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयाे ।
उहाँले कुशल व्यवस्थापकीय भूमिका निर्वाह गर्न सक्ने क्षमता भएका अर्यालले आगामी संसद् अर्यालको नेतृत्वमा असहल हुने र तटस्थततामा खरो सावित हुने विश्वास गर्नुभयाे ।
प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १२:११













