प्रि ओपन सेसनमा साढे ३ अंकले घट्यो नेप्से
२२ चैत, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ३.६० अंकले घटेर २७७८.५८ विन्दुमा झरेको छ।
आइतबार प्रि ओपन सेसनमा ७५ स्टकको २१८ पटकको कारोबारमा १ करोड ५७ लाख ४२ हजार ५६९ रुपैयाँ ५० पैसाबराबरको २८ हजार २३१ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १०:५६













