२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

२२ चैत, काठमाडौँ । कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको छ ।

यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १०:०९