एमाले मुख्यालमै जल्यो महासचिव शंकर पोखरेलको पुत्ला
१८ चैत, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको पुत्ला जलेको छ । एमालेकै कार्यकर्ताले केहीबेर अघि महासचिव पोखरेलको पुत्ला जलाएका हुन । अनेरास्ववियुका नेता कार्यकर्ताले लैनचौरदेखि नाराबाजी गर्दै एमाले मुख्यालय च्यासल पुगेर महासचिव पोखरेलको पुत्ला जलाएका हुन ।

यसअघि आजै दिउँसो संसदीय दलको नेता चयनमा पोखरेलले हस्तक्षेप गरेर सुहाङ नेम्वाङलाई उम्मेदवारी दिन समेत रोक लगाउनुभएको थियो । त्यसैको विरोधमा महासचिवको बिरूद्धमा नाराबाजी गर्दै गएका नेता र कार्यकर्ताले पुत्ला जलाएका हुन ।
प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार २१:१९













