नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
१६ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा युनिभर्सल पावर, एनएलजी इन्स्योरेन्स, विन्ध्यबासिनी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
युनिभर्सल पावरको ९ प्रतिशत बोनस बापतको कुल २० लाख ५१ हजार ९३६ कित्ता सेयर सूचीकृत भएको छ । विन्ध्यबासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापतको कुल ५ लाख ६४ हजार ९०० कित्ता, एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस बापतको कुल १० लाख २६ हजार ८९ कित्ता र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस बापतको कुल २० लाख ४१ हजार ४५९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १७:२४













