एन्कालाई साउथ अष्ट्रेलियामा सम्मान, क्रिकेट अष्ट्रेलियाको सम्मानका लागि नोमिनेशनमा
एडिलेड । साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसन (साका)ले एडिलेड नेप्लिज क्रिकेट एशोशियसन (एन्का)लाई ` उइमिन एण्ड गर्ल ईनिसेटिभ अफ दि एयर २०२६´ सम्मान प्रदान गरेको छ ।
शाकाद्वारा शनिवार आयोजना गरिएको `कम्युनिटी क्रिकेट अवार्ड २०२५-२६´ कार्यक्रममा एन्काले महिला तथा बालिकाहरूको क्रिकेटको बिकासमा गरेको पहलको सम्मान स्वरुप सम्मान प्रदान गरिएको हो । महिला तथा बालिकाहरूलाई क्रिकेटमा सहभागी गराउने र उनीहरूको विकासमा योगदान पुर्याएको प्रयासको उच्च मूल्यांकन गर्दै यो सम्मान दिइएको हो।
एन्काका प्रमुख कार्यहरु मध्ये एन्का गर्लस टिम र दक्षिण एशियाका चार देशहरुका यहा रहेको समुदायलाई प्रतिनिधित्व गर्ने टिम बिचको एलसिए एन्का फ्रेन्डसिप कपलाई विशेष रूपमा सफल र प्रभावकारी मानिएका छन्। यी कार्यक्रमहरूले महिला तथा युवतीहरूलाई क्रिकेटमा आकर्षित गर्नुका साथै समुदायबीच एकता र सहकार्यलाई मजबुत बनाएको छ।
साउथ अष्ट्रेलियामा ` उइमिन एण्ड गर्ल ईनिसेटिभ अफ दि एयर २०२६´ प्राप्ती संगै एन्का क्रिकेट अष्ट्रेलियाद्धारा अष्ट्रेलिया भरिका सामुदायिक क्लवहरुको सम्मान कार्यक्रमका लागि समेत एन्का नोमिनेशनमा परेको छ ।
स्मरणीय रहोस एन्काले शाकाद्धारा गत बर्ष पनि एशोशियसन अफ द एयर २०२५ सम्मान प्राप्त गरेको थियो । भने २०२१ मा क्रिकेट अष्ट्रेलियाद्धारा बालबालिकाको क्रिकेटको क्षेत्रमा कार्य गरे वापत `जुनियर ईनिसेटिभ अफ दि एयर -२०२१´ प्राप्त गरेको थियो ।
प्राप्त भएको यो सफलता नेपाली समुदायका लागि गर्वको विषय बनेको एन्का अध्यक्ष बिजय जोशीले बताउनुभयो । यस्ता सम्मानले थप खेल गतिविधी बढाउनका लागी प्रेरणा मिलेको समेत बताउनु भयो । उहाले यी पुरस्कारहरू केवल उपलब्धि मात्र होइनन्, भविष्यमा अझ राम्रो काम गर्ने प्रेरणा र ऊर्जा पनि भएको बताउनु भयो ।
एन्का क्रिकेटलाई सबैका लागि पहुँचयोग्य र समुदायको सहयोग लिनेर समुदायका लागि केहि गर्ने दिने उद्देश्यलाई निरन्तर अघि बढाउँदै आएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार ०९:२१














