पूर्व मन्त्री समेत रहेका कांग्रेस नेता दीपक खड्का पक्राउ
१५ चैत, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्कालाई पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा खड्का पक्राउ परेका हुन ।

उहाँको निवासमा करोडौँ रूपैयाँ जलेको दाबीसहितका समाचारहरू जेन्जी विद्रोहको समयमा बाहिर आएका थिए । प्रहरीले अहिले त्यही पैसाको विषयमा अनुसन्धान गर्न खड्कालाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार ०८:४८













