१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

रास्वपा सांसद रहबर अन्सारीले स्कुल ड्रेसमा लिए शपथ

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विद्यालय पोसाक (स्कुल ड्रेस) मै शपथ लिनुभएको छ ।सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आज आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउनुभएको थियो ।

शपथ समारोहमा सांसदहरू आ(आफ्नो वेशभूषा लगाएर उपस्थित हुँदा सांसद अन्सारी भने स्कुल ड्रेसमा  झोला बोकेर उपस्थित हुनुभएको थियो । ‘मलाई ३५ वर्षअघि बुबाले विद्यालय लिएर जानुभएको थियो। ७४ वर्षीय मेरो बुबा आज मलाई संसद भवनमा लिएर आउनुभएको छ। यो उहाँका लागि गर्वको विषय होला,’ उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, ुमैले सम्पूर्ण अभिभावकहरूलाई सम्मान गर्ने मौका पाएको छु। ती सम्पूर्ण अभिभावकहरू जसले आफ्ना बच्चालाई विद्यालय पठाए र ती अभिभावकहरू जसले बच्चा विद्यालय पठाउन सकेका छैनन्। उनीहरूलाई पनि म यो सन्देश दिन चाहन्छु, हाम्रो सफलता र समृद्धिको यात्रा विद्यालयबाट सुरू हुन्छ।’

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १६:२४