२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

नक्कली सुन दिई १४ लाख ठगी गर्ने एक जना पक्राउ

१२ चैत, काठमाडौं । नक्कली सुन दिई रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  सिन्धुली हरिहरपुरगढी गाउँपालिका-७ घर भएका ३८ वर्षीय विजय लामा मोक्तान भन्ने धन बिर वाईबा रहेका छन् ।

सुनको बिस्कुट आकारको सुन जस्तो देखिने धातु देखाई रकमको एकदमै आवश्यक परेको भनि ललाई फकाई उक्त धातु दिई १४ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं टोखा नगरपालिका-९ शिवमन्दिरस्थित एक होटलबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ५ सय ४७ ग्राम ६ सय ९० ग्राम तौलको बिष्कुट आकारको सुन जस्तो देखिने धातु, मोबाइल ३ थान, सुनको मुन्द्रा १ थान लगायतका सरसामान बरामद गरेको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : March 26, 2026 at 2:57 pm