युनाइटेड अजोड इन्स्योरेन्सको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
५ चैत, काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी माछापुच्छ्रे बैंक लिमिटेडको नाममा रहेको २६ हजार ९७४ कित्ता सेयर बिक्री गर्न प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य १७० रुपैयाँ तोकेको छ । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सिटिसि मल सुन्धारा काठमाडौंमा कति कित्ता सेयर खरिद गर्न चाहाने हो सबै व्यहोरा खुलाई आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधिभित्र सो सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा प्रचलित कानूनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १०:२४













